राजनीति

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा

कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गर्नुभएको थियो ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मतसम्भारको काम भएका कारण कार्की सरकारी निवासमा बुधबार सर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि पनि उहाँ सरकारी निवासमै हुनुहुन्थ्यो । उहाँको अनिवार्य अवकाश भएपछि उक्त भवन खाली भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.