राप्रपा महामन्त्री शाही गाउँगाउँमा सेवा गर्दै
पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्बाचित महामन्त्री कुन्तीकुमारी शाही आफ्नो गृहजिल्ला दैलेखका ग्रामीण क्षेत्रका जनताको सेवामा सक्रिय रहनुभएको छ । यस क्रममा उहाँले बिभिन्न क्षेत्रका अस्पताल, स्वास्थ्य चौकीमा आफै अक्सिजन कन्सन्ट्रेटर वितरण गर्नुभएको छ ।

कोरोना महामारी पुनः उच्चदरमा फैलिइरहेको अवस्थामा संक्रमितहरुको उपचारका लागि अति आवश्यक अक्सिजन कन्सन्ट्रेटर वितरणको क्रममा शाही आफ्नो निर्वाचन क्षेत्रको गुराँस गाउपालिका अस्पतालमा दुई थान अक्सिजन कन्सन्ट्रेटर गाउपालिकाका प्रशासकिय अधिकृत दीपक आचार्यलाई हस्तान्तरण गर्नुभयो भने सोही गाउपालिका वडा न ६ स्थित पिलाडी स्वास्थ्य चौकीमा एक थान स्वास्थ्य चौकीका अध्यक्ष वडा न ६ का अध्यक्ष हिम बहादुर ओलि र स्वास्थ्य चौकीका इन्चार्ज रण बहादुर चन्दलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
त्यसै गरी डुङेश्वर गाउपालिकाको चौखुडा स्वास्थ्य चौकी र लाकुरी स्वास्थ्य चौकीका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर डुङेश्वर गाउँपालिकाका डुङेश्वर गापा अध्यक्ष नगेन्द्र कुमार मल्ललाई हस्तान्तरण गर्नुभयो भने भगवती गापाको लागि दुई थान मेशिन उपलब्ध गराउनुभएको छ ।
यसै गरी जिल्लाको नौमुले गाउपालिकाको नौमुले अस्पताललाई र बालुवाटार स्वास्थ्य चौकीलाई अध्यक्ष भदे बुढामगर, उपाध्यक्ष अमृता सिंह चन्द र डा याम शर्मालाई संयुक्त हस्तान्तरण गर्नुभयो भने बाँकी अक्सिजन कन्सन्ट्रेटरलाई बिभिन्न ब्यक्ति मार्फत सम्बन्धित स्थानमा पठाउने ब्यबस्था गरिएको अभियन्ता चक्र बहादुर चन्दले बताउनुभयो ।
जिल्ला भ्रमण अवधीमा महामन्त्री शाहीले जिल्लाका बिभिन्न क्षेत्रमा जेष्ठ नागरिक, असाहय, एकल महिला आर्थिक अवस्था कमजोर भएकालाई जाडोमा न्यानो कम्बल बितरण गर्नुभएको छ ।
जिल्लाको गुराँस गाउपालिक, बिन्देबासिनीको माफु, भगवती गाउपालिकको दुनी खोर, नौमुले गाउपालिकको कालिका, नारायण नगरपालिकाको ९ साडुमा सो कार्यक्रम गरिएको थियो ।
बिभिन्न कार्यक्रममा बोल्दै महामन्त्री शाहीले अहिले आफू अहिले भोट् माग्न भन्दा पनि जनताका चासो, गुनासो तथा बस्तुस्थिति बुझ्न गाउँगाउँ आइपुगेको बताउदै आफू जनताका माझ आउँदा धेरै कुरा बुझ्न पाएको बताउनुभयो ।
त्यस क्रममा उहाँले अहिले गाउँदेखि माथिल्लो निकाएसम्म भ्रष्टचारले बलियो जरा गाड़ेर बसेका कारण जबसम्म हामी भ्रष्टचारको अन्त्य गर्न सक्दैनौ तबसम्म हाम्रो समाज हाम्रो देश प्रगति पथमा जान नसक्ने भएकोले अब गाउँगाउँबाट भ्रष्टचार बिरुद्ध अभियान थाल्नु पर्ने बताउनुभयो ।
उहाँले आफू छोटो समयका लागि दुईपटक राज्यमन्त्री हुँदा दैलेखको बिकासमा केही योगदान दिन सकेको स्मरण गर्दै राजनीति राजनीति दलका नेता जनता र देशप्रति उत्तरदायी हुन सके देश छिट्टै समद्धितिर लम्कने दावी गर्नुभयो ।
उहाँले जसरी हामीले रक्तदान गरी ब्यक्तिको जीवन बचाउने काम गछौ त्यसरी नै हामीले गर्ने मतदानले पनि समाजलाई समृद्धि बनाउने काम गर्छ, त्यसकारण अब जनताले आफ्नो अन्तरआत्मादेखि मतदान नगरे समाज परिवर्तन हुन नसक्ने बताउनुभयो ।
उहाँले आश्वासन, चिल्ला कुरा,पैसाको मोलमोलाईमा मतदान गरेको खण्डमा हामी र हाम्रो समाज जहाँको त्यही रहने निश्चित छ भन्दै अब जनता स्वयम् सचेत हुन आव्हान गर्नुभयो ।
यसबीच शाही दैलेख जिल्लाकै ईतिहासमा पहिलो पटक महामन्त्री निर्वाचित भएकोमा जिल्लाको बिभिन्न स्थानमा बिभिन्न दलले सम्मान समेत गरेका थिए ।
दैलेखका लागि करिब रु २८ लाख मूल्य बराबरको २० वटा अत्याधुनिक अटोमेटिक अक्सिजन कन्सन्ट्रेटरलाई पूर्वमन्त्री हीको विशेष पहलमा जिल्लाका विभिन्न स्वास्थ्यचौकीले पाएको अभियानकर्मी चक्र बहादुर चन्दले जानकारी दिनुभयो । यसअघि पनि पूर्वमन्त्री शाहीले कोरोना सङ्क्रमणको बिभिन्न समयमा जिल्लामा विभिन्न किसिमका सहयोग गर्दै आउनुभएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्