एन आर एन न्युज

एनआरएनए जापानले समसामयिक विषयमा अनलाईन विशेष छलफल गर्दै

गैरआवासीय नेपाली संघ एनआरएनए जापानले समसामयिक विषयमा एनआरएनए जापान कनक्लेव २०२१ गर्ने भएको छ । यही जनवरी १९ मा पत्रकार सम्मलेन गरी उक्त कार्यक्रमको जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीले कार्यक्रमको विस्तृत विवरण प्रस्तुत गरेका थिए । जसअनुसार उक्त कनक्लेव ४ सत्रमा विभाजन गरिएको छ ।

ताकिला अनुसार आउँदो सनिवार (जनवरी २३ तारीक) साझ ८ बजे बाट उक्त कार्यक्रम सुरु गरिने छ भने हरेक हप्ता एउटा सेसनको आयोजना गरिनेछ । जसअनुसार कार्यक्रमको तालिका निम्न प्रकार रहेको छ ।

१) जनवरी २३, २०२१ : “COVID-19 and the current prospects”

यस सेसन संचालन एलिजा केसी भण्डारीले गर्नेछिन् भने उक्त सेसनमा प्यानालिस्टको रुपमा जापानको चिवा स्थित आसाई जनरल हस्पिटलमा कार्यरत हृदय रोग विशेषज्ञ डा सन्दिप शाक्य, टोकियो विश्वविद्यालयमा भिजिटिंग रिशर्चरको रुपमा कार्यरत श्री दिभ्या भण्डारी र सेन्ट लुक्स इन्टरनेसनल हस्पिटलमा कार्यरत जापानिज डा युताका तोमिशिमा रहेछन। यो सेसनको उद्देश्य COVID – 19 को हालको अवस्था र बिभिन्न सरोकारवालाहरुको अनभुव शेयर गरी जापानवासी नेपाली समुदायलाई सहि सुचना र जानकारी दिनु रहेको छ।

२) जनवरी ३१, २०२१ : “The Joy and Challenges of Raising Children Aboard”

डा. बिजय ज्ञवालीले संचालन गर्ने दोस्रो सेंसनमा प्रवासी नेपालीले जापानमा आफँना बालबालिका हुर्काउदाका अनुभव ,सजीला र अप्ठारोपनको चर्चा हुनेछ । यो सेसनमा डा .ज्ञवालीको साथमा अथितिको रुपमा एभरेस्ट इंटरन्यासनल स्कूलका प्राचार्य बिष्णु प्रसाद भट्ट , हापि इन्टरन्यासनल प्री स्कुलका सि ई ओ तथा शिक्षक प्रदिप थापा र अधिकारकर्मी यशोदा बस्नेतले भाग लिनु हुनेछ । यो सेसनमा सहभागि अथितिले बिषय बिज्ञ रुपमा मात्र नभएर प्रबासी नेपाली अभिभाबकको प्रतिनिधित्व गर्दै आफ्ना अनुभब आदन प्रदान गर्नु हुनेछ । प्रबासमा अभिभाबकिय सिपको बारेमा खासै चर्चा नहुने हुँदा यो सेसनले अभिभाबकिय सिप र अभिभाबकको बिभिन्न पक्षको बारेमा चर्चा प्रारम्भ गर्ने विश्वाश गरिएको छ ।

३) फेब्रुवरी ७, २०२१ :”The Doctors’ Roundtable”

यस सेसनको संचालन न्युरो साइनटिस्ट डा लक्ष्मी कुमार पराजुलीले गर्नु हुनेछ भने यस सेसनका प्यानालिस्ट हरुमा जापानका हस्पिटलहरुमा कार्यरत नेपाली डाक्टरहरु रहनेछन। जसअनुसार नागोया सेन्टरल हस्पिटलमा कार्यरत न्युरो सर्जन डा लुशन चालिसे, स्टिल मेमोरियल मुरोरान हस्पिटल होकाइदोमा कार्यरत ग्यासट्रो सर्जन डा ससिम पौडेल, होकाइदो युनिभर्सिटीको मेडिकल ल्याब्रोटी साइन्स विभाग कार्येरत हाल अमेरिकामा रहनुभयका डा रोजित श्रेष्ठ साथै गुन्मा युनिभर्सिटीमा डाइगोनोस्टिक रेडियोलोजी र न्युक्लियर मेडिसिन सम्बन्धि अध्यनरत डा सुमन श्रेष्ठ रहनेछन। यस सेसनको प्रमुख उदेश्य जापान स्थित नेपाली समुदायको जापानी स्वास्थ्य सेवामा पहुच, यसका चुनौती र अवसर, आफ्नो सम्बन्धित फिल्डको नेपाल र जापान विच फरक साथै अवसर र चुनौती साथै जापानिज हेल्थ सिस्टम र नेपालि हेल्थ सिस्टम विचमा भिन्नता र नेपाल सरकारको सम्बन्धित बिभाग तथा मन्त्रालयले अवलम्बन गर्न सक्ने उपाय लगायतका विषयमा जानकारी दिने रहेकको छ।

४) फेब्रुअरी १३, २०२१ : “Life in Japan with Corona; Challenges & Solutions”

यो सेसनको संचालन डा भुपालमान श्रेष्ठले गर्नुहुनेछ प्यानालिस्टहरुमा खानागवा इन्टरनेसनल फाउन्डेसनका प्रोग्राम अफिसर जिज्ञान कुमार थापा, माइ युनिभर्सिटीकी सहायक प्राध्यापक डा आस्थाप्रभा तुलाधर र टोक्यो महानगरपालीकाका नागरिक तथा सांस्कृतिक मामिला ब्यूरोका प्रतिनिधि रहनेछ। यस सेसनमा जापानमा रहेका सबै तह र तप्काका नेपाली हरुको यस कोरोना महामारी विचको जीवन यापान; समस्या र समाधानमा केन्द्रित रहनेछ। साथै जापान सरकारले बिदेशी हरुका लागी कोरोना संक्रमण पछी बनाएको पोलिसी यसको लाभ, जापानमा नेपाली लगायत अन्य विदेशी हरुको अवस्था लगायतका विषयहरुमा जानकारी दिईनेछ।

उक्त पत्रकार सम्मेलनमा यस कार्यक्रमको महत्त्व र आवस्यकताको वारेमा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले प्रस्ट पारेका थिए साथै पत्रकार महासंघका अध्यक्ष मोहन घलेले एनआरएनए जापानले अहिले सम्मकै उत्कृष्ट कार्यक्रम गर्न लागेकोमा पत्रकार महासंघको सहयोग रहने जानकारी गराएको थियो साथै एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले यो कार्यक्रमले जापानवासी नेपाली समुदायलाई यस कोरोना महामारीमा महत्त्वपूर्ण सहयोग पुर्याउने जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.