राजनीति
प्रतिनिधिसभा कुनै पनि बेला भंग हुनसक्छ : राणा
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा सभामुखको समेत भूमिका निर्वाह गर्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा सांसद पशुपति शमशेर जबराले वर्तमान प्रतिनिधिसभा कुनै पनि बेला ढल्नसक्ने आशंका व्यक्त गर्नुभएको छ ।

पार्टीद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राणाले वर्तमान सरकार गठनको बेलादेखि नै अपसकुनको संकेत भएको बताउँदै त्यस्तो आशंका व्यक्त गर्नुभएको हो ।
राणाले भन्नुभयो, “प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शपथग्रहण समारोहमा राष्ट्रियगीत बजिरहेका बेला एक्कासी बत्ती निभ्यो । कुनै समारोहमा बत्ती निभ्नु राम्रो संकेत होइन ? त्यसैले यो संसद कुनै पनि बेला ढल्नसक्छ ।”
राणाले संसद कुनै पनि बेला ढल्नसक्ने भएकाले सचेत भएर बस्न पार्टीका सांसद तथा नेता, कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्