क्रिकेटखेल

महिला टी–२० विश्वकप ग्लोबल छनोट : पूजाको अर्धशतकीय पारीमा नेपालद्वारा जिम्बाबे पराजित

पूजा महतोको अविजित अर्धशतकीय पारीमा नेपालले आइसिसी ट्वान्टी-२० ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ । शनिबार भएको खेलमा जिम्बाबेलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हारेर ब्याटिङको निम्तो पाएको जिम्बाबेले निधारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । जिम्बाबेको लागि केली एन्डलोभुको ३६ बलमा आठ चौकको मद्दतमा अविजित रहँदै ५२ रनको अर्धशतकीय पारी खेलिन् भने ओपनर विलोभ्ड बिजाले ३४ रन जोड्दा मोडेस्टर मुपाचिक्वाले १४ रन बनाइन् ।

नेपालका लागि रिया शर्माले दुई विकेट लिंदा कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको भागमा समान एक- विकेट रह्यो । जिम्बाव्वेले प्रस्तुत गरेको १ सय ३० रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको लागि पूजा महतोले ५० बलमा चार चौका र छक्काको सहयोगमा अविजिर रहँदै ५२ रनको अर्धशतकीय पारी खेलिन् भने कप्तान इन्दु बर्माले २२ रन जोडिन् । यस्तै बिन्दु रावलले १५ रन रन जोड्दा सीता राना मगर ११ रनमा रिटायर्ड हर्ट भइन् । जिम्बाबेको लागि जोसेफिन न्कोमोले दुई विकेट लिइन् भने क्रिस्टबेल चाटोन्ज्वा र नोम्भेलो सिबान्डाको भागमा समान एक-एक विकेट रह्यो ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले र नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो । समूह ‘बी’ बाट नेदरल्यान्ड्स सुपर सिक्समा पुगिसकेको छ । नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेल पनि नेपाललाई जित्न‍ैपर्ने दबाब रहनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.