राजनीति

“नेपाली भूमि गुञ्जीमा इण्डियाली प्रोजेक्ट तत्काल रोकियोस्”

सुगौली सन्धि अघिको नेपाल कायम हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय रुपमा अभियान चलाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाको ७४ औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएको छ ।

नेपालका प्रधानमन्त्रीका अतिरिक्त पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, अफगानिस्तान, माल्दिभ्सका साथै सार्क सचिवालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा गुञ्जीमाथि नेपालको सार्वभौम अधिकार कायम होस् भन्ने माग गरिएको छ ।

मोर्चाले ज्ञापनपत्रमार्फत् नेपालको सार्वभौमसत्ता सम्पन्न भूमि गुञ्जीलाई कब्जा गरी त्यो गाउँमा इन्डियाको भाइब्रेन्ट भिलेज प्रोजेक्ट सञ्चालन गर्नु हास्यास्पद र भयावह भएको समेत बताएको छ ।

नेपालको जमिन कब्जा गरी त्यहाँ सेना तैनाथ गरेर गणतन्त्र दिवस मनाउँदा नेपालीहरूले यसलाई साधारण रूपमा लिन्छन् भन्ने सोच्नु इन्डियाको भयानक भूल हो र यसलाई इन्डियाले जतिसक्दो चाँडो सच्याउनुपर्छ ।

क्षेत्रफलका हिसाबले सानो र सैनिक संख्या कम भएको भन्दैमा नेपालको भन्दा इन्डियाको सार्वभौमसत्तालाई ठूलो मान्न सकिँदैन र यो सार्वभौमसत्ताको अन्तर्राष्ट्रिय परिभाषा पनि नभएकाले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको यो माग र नेपालीको आवाजलाई हलुका रूपमा नलिइयोस् भन्ने आग्रह समेत गरिएको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको अविभाज्य भूभाग गुञ्जीलाई भाइब्रेन्ट भिलेज बनाउने इन्डियाको केन्द्रीय सरकारको योजनाले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई खुला चुनौती दिएको विरोधमा इन्डियाका प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.