जन सरोकार

सुविधाको खोजीको उपज १० सामुदायिक विद्यालय बन्द

सुविधाको खोजी गर्दै गाउँ छोडेर शहर झर्नेहरुको बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिकाको ग्रामीण क्षेत्र रिक्तिन थालेपछि विद्यार्थी सङ्ख्या घट्दै गएपछि दश वटा सामुदायिक विद्यालय बन्द भएका छन् ।

त्यसै गरी सरकारले ठूलो लगानी गरेका सामुदायिक विद्यालयहरुप्रति अभिभावकहरुको विश्वास कम हुनु र ग्रामीण क्षेत्रमा निजी विद्यालय खुलेकाले सामुदायिक विद्यालयमा विद्यार्थी घटेको हो ।

नगरपालिकाका शिक्षा शाखाका प्रमुख नवराज चापागाईँका अनुसार कुलुङ मर्दशा प्रावि, जलदेवि प्राथमिक विद्यालय, भैरव प्राथमिक विद्यालय, सूर्यादय प्राथमिक विद्यालय, इन्द्रज्योती आधारभूत प्राथमिक विद्यालय विद्यार्थी अभावले बन्द भएका छन् ।

त्यस्तै शान्ति वर्ष प्राथमिक विद्यालय, सिमाना प्राथमिक विद्यालय, मर्दशा गुलशन प्राथमिक विद्यालय र दारुङ कुलुङ मर्दशा प्राथविमक विद्यालय पनि बन्द भएका छन् ।

भौतिक सम्पत्ति पायक पर्ने नजिकैको विद्यालयमा उपलव्ध गराउने र विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकहरु पठाउने गरिएको छ । ‘१५० घर भएको गाउँमा १० घरमा सिमित भएको अवस्था भएकाले थोरै विद्यार्थी हुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको छ,’ वडा नम्बर १४ का अध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र तीन प्रतिशत विद्यालय छोडने दर रहेको छ । दिवा खाजाको व्यवस्था गरिएपछि बालविकास र कक्षा एक–पाँचमा विद्यार्थी बढ्न थालेको शिक्षा शाखाले जनाएको छ । शाखाका अनुसार कक्षा एक–पाँचका दुई हजार ६३७ र बालविकासका एक हजार ५५ गरि कुल तीन हजार ६९२ जना विद्यार्थीहरुलाई दिवा खाजा उपलव्ध गराउँदै आएको सो शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.