अर्थ

सुनचाँदीको मूल्यमा कीर्तिमान बन्ने क्रम जारी, आज कति पुग्यो तोलाको ?

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ । सोमबारको तुलनामा आज प्रतितोला सुन रु तीन सय र चाँदी रु एक सय पाँचले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको छ ।

सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार र त्यति नै चाँदीको मोल रु छ हजार ७६५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७३ र त्यति नै परिमाणको सेतो धातु १०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.