खेलफूटबल

ब्राइटन एफए कप फुटबलको पाँचौं चरणमा, लिभरपुल बाहिरियो

लिभरपुल एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । आइतबार राती भएको खेलमा ब्राइटनसँग २-१ गोल ले पराजित हुँदै साविक विजेता लिभरपुल बाहिरिएको हो ।

एफए कप फुटबल

निकै प्रतिस्पर्धात्मक बनेको खेलको सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले हार व्यहोरेको हो । खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर खेलको ३९ औं मिनेटमा ब्राइटनका लेविस डुन्कले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पहिलो हाफ लाई १-१ गोलको बराबरीमा सकिएको खेलमा खेलको इन्जुरी समयमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाए ।
जितसँगै ब्राइटन पाँचौं चरणमा प्रवेश गरेको छ भने लिभरपुल पराजित हुँदै बाहिरिएको छ ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.