सूचना/प्रविधि

तीस वर्षपछि चल्यो कृषि औजार कारखानाका मेसिनहरु (भिडियो)

नेपाल सरकारले बन्द रहेको कृषि औजार कारखाना संचालनको जिम्मा दिएपछि युद्धस्तरमा काम गरिरहेको राष्ट्रिय आविस्कार केन्द्रले त्यहाँ रहेका केही मेसिनहरु सुचारु गराउन सफल भएको छ ।

खियाले खाएर काममै नलाग्ने अवस्थामा पुगेका मेसिनहरु चल्ने बनेपछि आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो फेसबुक पेजमा मेसिनहरु चलेको दृश्य सार्वजनिक गर्नुभएको छ ।

फेसबुकमा उहाँले भिडियो शेयर गर्दै लेख्नुभएको छ, “३० वर्षसम्म बल्दै नबलेको तेलबाट चल्ने फलाम तताउने भट्टीहरु बल्यो र फलामलाई रातो हुने गरी ततायो अनि तातो फलामलाई पिट्ने पावर ह्यामर पनि चल्यो र त्यसले फलामको रड लाई ठोक्यो ।”

“साथै फलामको पातालाई काट्ने डाई प्रेस मशीनले पनि काम गर्यो र फलामको पाता काट्यो । त्यो पातालाई अर्को डाई प्रेस मशीनले थिचेर बेल्चा पनि बनायो । त्यसको साथै मिलिङ मशीन, रड काट्ने मशीन सहित अरु केहि मशीनहरु पनि बन्यो । जे होस् प्रगति हुँदैछ ।”

दशकौंदेखि जीर्ण बनेर स्याल लुक्ने गुँड बनेका र कवाडी संकलन गर्नेहरुको आम्दानीको स्रोत बनिरहेका यस्ता कारखानाहरु संचालनका लागि स्थापित उद्योगपतिहरुको तुलनामा राष्ट्रिय आविस्कार केन्द्र जस्ता निकायलाई दिनु उपयुक्त र परिणामदायी हुने यो घटनाले पुष्टि गरेको छ ।

कृषि औजार कारखाना जस्तै अन्य उद्योगहरु पनि समुदायलाई वा यस्तै केन्द्रलाई जिम्मा दिए मुलुकमा रोजगारी सिर्जना हुनुका साथै सामान्य वस्तुका लागि समेत विदेशको भरपर्नु पर्ने अवस्था रहने थिएन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.