सिद्धान्त कस्तो छ, भन्ने व्यवहारले नै देखाउँछ : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हामीले गर्ने व्यवहारले हाम्रो सिद्धान्तका बारेमा बोल्ने बताउनुभएको छ ।
पार्टीेको पाँचौं केन्द्रिय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष नेपालले हाम्रो सिद्धान्त सही छ की गलत त्यो व्यवहारले देखाउने उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले सर्वहारा श्रमजीवीको हितको रक्षा गर्ने, समस्याका समाधान खोज्ने काममा जुटेकाले समाजका विभिन्न वर्गको विष्लेशण गर्दै समाज विकासको आफ्नो पार्टीको यात्रा निरन्तर जारी रहने बताउँदै उहाँले भन्नुभयो, “हामी समाज बदल्न चाहन्छौँँ ।”
यसअघि बैठकको उद्घाटन गर्दै अध्यक्ष वर्तमान सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनसम्म मात्रै थेग्ने दाबी गर्नुभएको छ ।
सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भइसकेको दाबी गर्दै उहाँले राष्ट्रपति निर्वाचनअघि नै गठबन्धन टुट्ने अवस्था रहेको पनि बताउनुभयो ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौं खटपट सुरु भइसकेको छ ।’
संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क पनि गर्नुभयो ।




प्रतिक्रिया राख्नुहोस्