राजनीति

नेपालमा दर्ता हुन नआए फेसबुक, इन्स्टाग्राम चल्न नदिने मन्त्री गुरुङको चेतावनी

सरकारले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थित गर्न भन्दै जारी गरेको अध्यादेश अनुसार मेता कम्पनी दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवमा बोल्‍दै नेपालमा दर्ता नभएका कुनै पनि सामाजिक सञ्जाल चल्न नदिने चेतावनी दिनुभएको हो ।

मन्त्री गुरुङले भन्नुभयो, “हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कन्टयाक्ट तोकेर बसेको सम्मटिकटक मात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ कि आउँदैन हेर्न बाँकी छ । आएन भने नेपालमा चल्न दिन्नौं ।”

कार्यक्रममा उहाँले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै मागका कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको दावी गर्नुभयो ।

त्यस क्रममा मन्त्री गुरुङले भन्नुभयो, ‘हाम्रो सामाजिक सद्भाव जसले भत्काउँछ, त्यसलाई हामीले राखेकै छौँ । हाम्रो धार्मिक सहिष्णुता भत्काउनेलाई राखेका छौँ । त्यसलाई हामी रोक्न चाहन्छौँ, त्यसलाई हामी नियमन गर्न चाहन्छौँ । त्यसैले हामीलाई यो विधेयक चाहिएको हो ।’

मनपरी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको र त्यसकै नियमनका लागि संसद्‌मा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक पेश गरिएको पनि बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, ‘धेरैको माग सोसल मिडियालाई रेगुलेट गर्दिनुपर्‍यो भन्ने छ । यो मनपरी गर्ने, मनपरी भन्ने कुरा लोकतन्त्र होइन होला नि त । त्यसैले हामीले सोसल मिडिया प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक पेश गरेका छौँ । विरोध अलिअलि सुरू भएको छ । लोकतन्त्रमा विरोध त भइहाल्छ ।’

मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको पनि बताउनुभयो ।

कार्यक्रममा उहाँले देशको बारेमा मनपरी भन्न पाउने कुरा नै लोकतन्त्र हो भनेर कसैले भने त्यो स्वीकार्य नहुने बताउँदै जनताको सूसुचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सरकार सचेत रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.