जापान

जापानी संगीतकार ताकुमीलाई ग्रामी अवार्ड

जापानी संगीतकार मासानोरी ताकुमीले विश्व संगीतको सबैभन्दा ठूलो अवार्ड ग्रामी अवार्ड जितेका छन् । सन् २०२२ मा रिलिज भएको “साकुरा”को लागि उनले सर्वश्रेष्ठ ग्लोबल म्युजिक एल्बमको अवार्ड जितेका हुन् ।

४४ वर्षीया ताकुमीले परम्परागत एसियाली वाद्ययन्त्रहरू सहितका गीति एल्बमको लागि आइतबार ग्रामी अवार्ड हात परेका हुन् । उनले तीनतारे जापानी वाद्य पियानो र शमिसेन बजाउने गरेका छन्

अवार्ड समारोहमा विजेता घोषित भएपछि खुसी भएका ताकुमीले मञ्चमा आफू निशब्द भएको बताए। उनले यति ठूलो पुरस्कार आफूले पाउँछु भनेर नसोचेको भन्दै यो उपहार पनि अरुकै भएको जस्तो लागेको बताए ।

स्वर्गीय गायक हिदेकी साइजोका भतिजा, ताकुमीले २००० मा ब्यान्डमा ड्रमरको रूपमा डेब्यु गरेदेखि एक्साइल र दा पम्प जस्ता लोकप्रिय जापानी पप समूहहरू, साथै दक्षिण कोरियाली “अल गर्ल ग्रुप” काराका लागि संगीतकार र निर्माताको रूपमा काम गरेका छन् ।

ओसाकाबाट आएका ताकुमीलाई रेगे संगीतकार स्ली र रोबीसँगको कामको लागि यसअघि २०१० मा ग्रामी अवार्डका लागि सर्टलिस्ट गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.