राजनीति

नेपालले चीनलाई सहयोग गर्यो एकलाख प्रोटेक्टिभ मास्क

सधैं अरुको सहायतामा निर्भर रहने नेपालले यसपटक चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण रोक्ने माक्स सहयोग गरेको छ । नेपाल सरकारले चीनलाई एक लाख प्रोटेक्टिभ मास्क सहयोग गरेको छ ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलाई मास्क प्रदान गर्नुभएको हो । परराष्ट्र मन्त्रालयले चीनसँगको मित्रताका स्वरूप एक लाख प्रोटेक्टिभ मास्क प्रदान गरेको जनाएको छ ।

श्र्वासप्रस्वासबाट सर्ने रोग भएको हुदाँ चीनमा अहिले मास्कको माग अत्याधिक बढेको छ। सोही माग पुरा गर्न नेपालले चीनलाई मास्क सहयोग गरेको हो । बिहीबार बालुवाटारमा बसेको बैठकमा चीनलाई मास्क सहयोग गर्ने निर्णय भएको थियो ।

डिसेम्बर अन्तिम सातादेखि हुबेई प्रान्तको राजधानी वुहानबाट फैलिएको भाइरसका कारण बिहीबारसम्म ६ सय ३० जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.