जन सरोकार

देशभरका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

विद्यालय

कोरोना महामारीका कारण मुलुकभरीका एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ । लामो समयदेखि पठनपाठन बन्द हुँदा शिशु कक्षादेखि १२ कक्षासम्मका लगभग १० हजार निजी विद्यालयमध्ये करिब एक हजार विद्यालय (१० प्रतिशत) बन्द हुने अवस्थामा पुगेको हो ।

शनिबार मोरङमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षको भेलाका अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सो जानकारी दिनुभयो ।

उहाँले केन्द्रीय समितिको बैठकले गरेको निर्णयानुसार बन्द हुने अवस्थामा पुगेका विद्यालयको पूँजी तथा रोजगारी संरक्षण गर्न अन्य विद्यालयमा समाहित गर्न सरकारले विशेष सहुलित दिनुपर्ने बताउनुभयो । अति प्रभावित निजी विद्यालयलाई बंैकबाट लिएको ऋणको सावा तथा ब्याज भुक्तानका लागि आगामी असार मसान्तसम्म समय थप दिनुपर्ने र त्यस अवधिमा कालो सूची तथा लिलामीको प्रक्रियामा नराख्न सरकारसँग आग्रह गरिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.