जन सरोकारस्वास्थ्य

एक हजार पाँचसय ७० जना संक्रमित, १३ जनाको मृत्यु

मुलुकमा कोरोना संक्रमण दर तीब्र गतिमाा घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ भने थप १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्‍ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन्

त्यसै गरी एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.