खेल

कुशलले बनाए अद्र्धशतक बनाउने सबभन्दा कान्छा खेलाडीको विश्व कीर्तिमान- अमेरिकालाई दियो १ सय ९१ रनको लक्ष्य

युवा क्रिकेटर कुशल मल्लले विश्व कीर्तिमान बनाएका छन् । आईसीसी लिग २ को दोस्रो खेलमा उनले अमेरिकाबिरुद्ध सबभन्दा कम उमेरमा अद्र्धशतक बनाउने विश्व कीर्तिमान बनाएका हुन् ।

काठमाडौंको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जारी खेलमा मल्लले सो कीर्तिमान बनाएका हुन् । नेपाल, ओमान र अमेरिकाबीच जारी क्रिकोणात्मक सिरिजको दोस्रो खेलमाा प्रारम्भिक ब्याट्सम्यानहरु सस्तैमा बाहिरिएपछि युवा खेलाडी मल्लले नेपाली पारी उकासेका थिए ।

१६ वर्ष वर्प पुग्नै लागेका मल्लले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए । टर हारेर ब्याटिंग गरेको नेपालले मल्ल र बिनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसंगै मध्यम स्कोर दिएको छ । अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ ।

मल्लसंगै नेपालका लागि विनोद भण्डारीले अर्धसतक पार गरेका थिए । उनले ७९ बलम ५९ रन बनाए। उनले ६ चौका र १ छक्का प्रहार गरे ।

यसअघि अघिल्लो खेलमा बेञ्चमा बसेका सुवाष खकुरेल ओपनिंगमा आए पनि पारस तेस्रो नम्ब।मा आएका थिए । सुवास ३ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए ।

कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाएर आउट भए ।

लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए । ४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयी भएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले । कुशल मल्लले ओडीआई डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गर्दै विनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेपछि नेपालको रन उकासिएको थियो ।

मल्लले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडे । ३६औं ओभरको दोस्रो बलमा करिम गोरेको बलमा एलमोर हचिनसनबाट क्याचआउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए । त्यसपछि क्रिजमा पुगेका करण केसीले १२ रन बनाए । अघिल्लो खेलमा ओमान विरुद्ध २८ रन बनाएका सन्दीप लामिछानेले खाता नखोली आउट भए । अन्तिम ओभरको दोस्रो बलमा सुशन भारी इयान होलायण्डको बलमा आउट भएपछि नेपाल अलआउट भएको हो ।

विनोद र सुशन भारीले नवौं विकेटका लागि २६ रनको साझेदारी गरे । ४८औं ओभरको तेस्रो बलमा आउट हुनुअघि भण्डारीले ७९ बल खेल्दै ५९ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

अमेरिकाका लागि क्यामररुन स्टेभेनसनले १० ओभरमा २ मेडन राख्द ३० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सौरभ नेत्रभाल्करले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । रस्टी थेरोनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.