राजनीति

कमल थापाद्वारा राप्रपा परित्यागको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । पार्टी महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि निस्क्रिय रहनुभएका थापाले आज एक विज्ञप्ति जारी गरी पार्टी त्यागेको घोषणा गर्नुभएको हो ।

थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ अत्यन्त भारी मन तथा पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । ३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहर प्रति म सदैव गौरव गरिरहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।

पार्टीबाट अलग भएपछि थापाले अरु दलमा प्रवेश गर्ने वा नयाँ दल खोल्ने विषयमा केही बताउनुभएको छैन । थापाले गत मंसिरमा भएको पार्टी महाधिवेशनमा आफूलाई हराउन पूर्वराजाको हस्तक्षेप भएको दावी गर्दै त्यसको छानबिन गर्न माग गर्नुभएको थियो ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले थापालाई पराजित गर्नुभएको थियो । लिङ्देनको विजयलाई नेपालका राजनीतिक दलहरुमाा नेतृत्वमा पुस्तान्तरणको सुरुवातका रुपमा लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.