जल/वातावरण

फेवातालको संरक्षणमा जलाधार क्षेत्रको महत्वपूर्ण भूमिका : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातालको संरक्षणमा जलाधार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

कुरा होइन, काम गरेर देखाउँछौँ : मुख्यमन्त्री अधिकारी

चापाकोट पर्यटन प्रवद्र्धन समिति पोखरा–२३ द्वारा आयोजित तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सवको मंगलबार उद्घाटन गर्दै उहाँले जलाधार क्षेत्रका वासिन्दाले पनि फेवातालबाट आम्दानी लिन सक्ने योजना अघि बढाउनुपर्ने बताउनुभयो ।

फेवाताल जलाधार क्षेत्रको संरक्षण गर्ने स्थानीय बासिन्दा फाइदा लिने तल्लो तटीय क्षेत्र भएको उल्लेख गर्दै उहाँले अन्न भण्डार चापाकोट क्षेत्रको उत्पादनलाई लेकसाइड बजार बनाउनुपर्नेमा जोड दिनुभयो । उत्पादनमा जोड दिएर प्रदेशलाई खाद्यमा आत्मनिर्भर हुने खालका योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री अधिकारीले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

निवर्तमान गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरा–२३ को विकास मेला महोत्सवले स्थानीय उत्पादनको बजारीकरण गर्दै समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । समितिका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–२३ का वडाध्यक्ष रामकाजी गुरुङ, सवमाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटालगायतले पर्यटन प्रवद्र्धनमा होमस्टेले महत्वपूर्ण भूमिका खेल्दै आएको धारणा राख्नुभयो ।

यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवमा नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाई रु ३३ हजार तीन सय ३३, द्वितीयलाई रु २२ हजार दुई सय २२, तृतीयलाई रु ११ हजार एक सय ११ र सान्त्वनालाई रु पाँच हजार पाँच सय ५५ ले पुरस्कृत गरिनेछ ।

भजन प्रतियोगितातर्फ प्रथमलाई रु ३३ हजार तीन सय ३३, द्वितीय रु २२ हजार दुई सय २२, तृतीय रु ११ हजार एक सय ११ र सान्त्वनालाई रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी रत्यौली प्रतियोगितातर्फ प्रथमलाई रु ३३ हजार तीन सय ३३, द्वितीय २२ हजार दुई सय २२, तृतीय रु ११ हजार एक सय ११ र सान्त्वनालाई रु पाँच हजार पाँच सय ५५ ले पुरस्कृत गरिने छ ।

पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई पाँच हजार, द्वितीय हुनेलाई रु तीन हजार, तृतीयलाई रु दुई हजार र सान्तवनाका लागि रु एक हजार पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई रु पाँच हजार, द्वितीय रु तीन हजार, तृतीयलाई रु दुई हजार र सान्त्वनालाई रु एक हजार पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष भीम पराजुलीले जानकारी दिनुभयो ।

महोत्सवमा बाल नृत्य, दुना टपरी बुन्ने, झाँकी, घैटो फुटाउनेलगायतका विभिन्न प्रतियोगिता समावेश गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.