खेलफूटबल

साफ यू-२० महिलाको उपाधि जित्ने नेपालको सपना अधुरै, बंगलादेश ३-० ले विजयी

बङ्गलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३-० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो । बङ्गलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।

बङ्गलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गर्नुभयो । खेलको ४२औं मिनेटमा साहेहेदा अख्तर रिपाले गोल गर्दै अग्रता दिलाउनुभयो । त्यस्तै पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा कप्तान साम्सुन्नाहारले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । त्यस्तै खेलको ८७औं मिनेटमा बंगलादेशका लागि उनोती खातुनले गोल गर्दै टोलीलाई ३-० को जित दिलाउनुभयो ।

राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए । प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो । यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३-१ ले पराजित भएको थियो । त्यस्तै नेपालले भुटानलाई ४-० र भारतलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबर खेलेको बङ्गलादेशले भुटानलाई ५–० गोलअन्तरले पाखा लगाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.