जन सरोकार

पूर्व सचिव पत्नी मुनालाई कामदारले कुटेर हत्या गरेको दृश्य सिसिटिभीमा देखियो

सोमबार विहान ललितपुरको सानेपामा रहेको आफ्नै निवासमा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या उहाँकै घरमा काम गर्ने विजय चौधरीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ । भान्छा छेऊ रहेको सीसी क्यामराको दृश्य हेरेपछि चौधरीले नै हत्या गरेको निष्कर्षमा प्रहरीहरु पुगेका छन् ।

हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले सीसीटीभीको फुटेज हेरेर कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।

ललितपुर प्रहरी परिसर जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने आशंका प्रारम्भमै गरिएको थियो । फुटेजमा चौधरीले महिलालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिन्छ । सो दृश्य बिहान ९ बजेको हो । प्रहरीका अर्का उच्च अधिकृतले पनि फुटेजमा चौधरीले मुनालाई आक्रमण गरेको देखिएको पुष्टि गरेका छन् ।

यद्यपि, दुईबीच के रिसिइबी थियो भन्ने खुलिसकेको छैन । प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ ।छिमेकीका अनुसार चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेको थियो ।

प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की बिहानैउठेर पशुपतिनाथको दर्शन गर्न जानुभएको थियो । फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरे लगत्तै उद्धार गरेर स्टार हस्पिटल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.