राजनीति

झाँक्रीलाई राज्यविरुद्धको कसुरको आरोप- तत्काल रिहा गर्न प्रचण्ड-नेपालको माग

केही साता पहिले गोरखामा आयोजित प्रचण्ड नेपाल समूहको नेकपाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणी र बुधबार राधजानीमा पनि त्यस्तै किसिमको टिप्पणीपछि नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

झाँक्रीलाई पक्राउ गर्न विनापूर्जी उनको निवासमा प्रहरी पुगेपछि त्यहाँ झडप समेत भएको थियो । झाँक्रीले प्रहरीलाई पक्राउपर्जी लिएर आउन भनेपछि प्रहरीले पुर्जी लिएर आएपछि झाँक्रीलाई पक्राउ गरेको थियो ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंखमुलस्थित निवासबाट पक्राउ गरेको थियो ।

झाँक्री पक्राउ लगत्तै प्रचण्ड–माधव समूहले भने राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताउँदै तत्काल रिहा गर्न माग गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीबार विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको जनाइएको छ ।

झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गर्दै विज्ञप्तिमा लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.