राजनीति

राष्ट्रपति संस्था र व्यक्तिप्रति सम्मान रहने लिखित प्रतिबद्धतापछि रिहा भएको खुलासा

राज्यविरुद्धको अपराधको आरोपमा बिहिबारा दिउँसो पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले बिहिबार साँझ नै लिखित प्रतिबतापछि रिहा गरेको छ ।

आफ्नो गिरफ्तारी र रिहाईलाई प्रतिगमन ढल्दै गरेको संकेत भन्ने टिप्पणी झाँक्रीले गरे पनि लिखित प्रतिबद्धतापछि रिहा गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले झाँक्रीले राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उहाँलाई छाडिएको जानकारी दिनुभयो ।

उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले झाँक्रीलाई काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो । यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध ‘अशोभनीय’ टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो ।

सत्तारुढ नेकपानिकट अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता कुँवरले बताउनुभयो ।

झाँक्रीलाई राज्यविरुद्धको कसुरको आरोप- तत्काल रिहा गर्न प्रचण्ड-नेपालको माग

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.