प्रबास

कुवेतमा कार्यरत चारजना नेपालीको बालुवाको थुप्रोमा पुरिएर मृत्यु

वैदेशिक रोजगारका क्रममा कुवेतमा रहेका चारजना नेपालीका एउटा निर्माणस्थलमा पुरिएर ज्यान गएको छ । समाचार अनुसार मुतला सिटी प्रोजेक्टमा निर्माणका क्रममा जमिन भास्सिदा उनीहरुको मृत्यु भएको हो ।

निर्माणका क्रममा काम गरिरहेका उनीहरुमाथि बालुवाको थुप्रो र ग्राभेल खसेको थियो । घटनामा परी अरु तीनजना घाइते भएका छन् । सो स्थानमा १० जना कामदारहरु पुरिएका थिए ।

घटानास्थलमा तत्काल उद्दारकर्ताहरु पुगेर छजनालाई त्यहाँबाट निकाल्न सफल भएका थिए । तर तीमध्ये ३ जनाको मृत्यु भइसकेको थियो । उनीहरुलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो भने त्यसको केहीबेरमा अर्का एकजना मृतकलाई पनि निकालिएको थियो ।

यसैबीच कुवेतको सार्वजनिक निर्माणमन्त्री र आवास मामिला राज्यमन्त्रीले घटनास्थलको अवलोकन गर्नुभएको छ । उहाँले घटनाको छानविनका लागि छानविन समिति गठन गर्न निर्देशन दिंदै कुनै लापरवाहीका कारण घटना भएको भए लापरवाही गर्नेलाई जिम्मेबार ठहराउन पनि निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.