जन सरोकार

अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ ।

अपहरणमा परेका पटवालको प्रहरीद्वारा उद्धार, आठजना पक्राउ

वीरगञ्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी सदाम अन्सारी, वडा नं ११ श्रीपुर निवासी सन्तोष लामा, मोजालिम मियाँ, रोशन थापा, वडा नं २४ निवासी विजय महतोलाई पक्राउ गरेको छ ।

यस्तै बाराको परवानीपुर गाउँपालिका–३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका–२३ निवासी मुकेश पटेल र भारत विहारको मोतिहारीका इमाम अन्सारीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

पटवाललाई हतियार देखाएर अपहरण भएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ भिस्वाबाट उद्धार गर्न सफल भएको र अपहरणमा संलग्नहरुलाई वीरगञ्ज महानगरपालिका–६ स्थित रेल्वे खण्डबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

पक्राउ परेकाहरुको साथबाट अपहरणमा प्रयोग गरिएको एक थान पेस्तोल, पाँच राउन्ड गोली, रु चार लाख ९५ हजार नगदसहित ना१९प २८०८, ना६२प १०० र बिआर १ सिआर २४२५ नंको तीनवटा मोटरसाइकलसमेत बरामद भएको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । पक्राउ परेकामध्ये विजय महतो अपहरण गिरोहका मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका सबैमाथि अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.