वर्षमा ५ किलोमिटर सडक कालापत्रे हुने देशमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भरहेको छ- प्रधानमन्त्री ओली (लाइभ मिडियो)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको दुई वर्षे कार्यकालको उलपलब्धिहरुबारे संसदलाई जानकारी दिनुभएको छ । शनिबार संसदलाई सम्बोधन गर्दै उहाँले विकास भएन भन्नेहरुलाई कामले जवाफ दिइरहेको बताउँदै केही तथ्यांक भने भन्नैपर्ने बताउँदै विकास र प्रगतिको खाका पेश गर्नुभएको छ ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने बताउँदै सम्वोधनको सुरुमै नेपाल कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गरेको सात ७३१ दिन अर्थात दुई वर्ष पूरा भएको र लामो समयसम्म ६÷७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने अवस्था आउँदोरहेछ भन्नुभयो ।
विकास निर्माणका सम्बन्धमा उठेका प्रश्नहरुको उत्तर दिंदै प्रधानमन्त्री ओलीले भन्नुभयो कुनै समय वर्षमा ५ किलोमिटर कालोपत्रे हुन्थ्यो भने यो सरकार गठन भएपछि दैनिक औसतमा ६ किलोमिटरका दरले कालोपत्रे हुने गरेको छ । आर्थिक वर्षको ५ महिनामा ४१ वटाा सडक निर्माण भएका छन्, गरीबिको रेखामुनी रहेकाको संख्या घट्दै, २० वर्षमै सबैभन्दा बढी आर्थिक वृद्धिदर उच्च छ ।
हेर्नुहोस् प्रधानमन्त्री ओलीको सम्बोधनको लाइभ
प्रतिक्रिया राख्नुहोस्