राजनीति

“प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले मागेको समयभित्रै एमसीसी पारित गर्नुपर्छ”

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहितमा रहेको बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले मागेको समयसीमा फागुनन १६ भित्र अनुमोदन गर्नुपर्ने बताउनुभएको छ ।

आजबाट सुरु भएका सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा आफ्नो धारणा राखेर बाहिरिनभएका डा. महतले सो कुरा बताउनुभएको हो ।

बैठकमा एमसीसी नेपालको पक्षमा रहेको र यसले आर्थिक विकासमा सहयोग पुग्ने भएकाले यसलाई संसदबाट अनुमोदन गर्नुपर्ने भनाइ सांसदहरुको भनाइ रहेको पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा रामशरण महतले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

बैठकमा आफ्नो धारणा राखेर बाहिरिनुभएका नेता डा महतले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा भन्नुभयो, “एमसीसीका विरुद्ध भ्रम फैलाइएको छ, यो कुनै सैन्य रणनीतिअन्तर्गत छैन, ती सबै अफवाह मात्र हुन्, मैले यही कुरा राखेँ र अरू साथीहरुले पनि यसै विषयमा धारणा राखिरहनुभएको छ ।”

उहाँले एमसिसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले यो परियोजना राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने पनि बताउनुभयो ।

साथै उहाँले बैठकमा एमसीसी विरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेको पनि जानकारी गराउनुभयो । नेता डा महतले एमसीसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको पनि बताउनुभयो ।

उहाँले एमसीसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयअघि एमसीसी कार्यालयलाई पत्र लेखेर संसद्बाट अनुमोदन गर्न समय माग गरेकाले सोही अनुसार यही फागुन १६ गतेभित्र अनुमोदन गरिसक्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.