राजनीति

मुग्लिङ-पोखरा सडकको अवस्थाबारे सांसद भट्टराईद्वारा ध्यानाकर्षण

कास्की क्षेत्र नं २ बाट निर्बाचित प्रतिनिधिसभा सदस्य बिद्या भट्टराईले पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भैरहेको ढिला सुस्तिको सम्बन्धमा संसदको ध्यानाकर्षण गराउनु भएको छ।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले सो सडक खण्डको करिब ९३ कि.मी. सडक एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेनमा स्तरोन्नति गर्न २०७८ मा सम्झौता भएर २०८१ मा निर्माण सम्पन्न हुनुपर्नेमा हालसम्म जम्मा पाँच प्रतिशत मात्रै काम सम्पन्न भएको उल्लेख गर्नुभयो ।

भट्टराईले सो सडक समयमै सम्पन्न गर्न सडक किनाराका बिजुलीका पोल र खानेपानी बिस्तारको काम मुख्य अबरोधको रूपमा रहेका कारण कोत्रे ( पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताको विषय भएको उल्लेख गर्नुभयो ।

सडक निर्माणको कार्य प्रगति सन्तोषजनक नभएकाले लाखौं यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको जनाउँदै उहाँले जनताको जीवनसंग प्रत्यक्ष जोडिएको उक्त सडक समयमा सम्पन्न गर्ने गरी काम अगाडि बढाउन संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.