राजनीति
नवनियुक्त मन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

उपसभामुखबाट राजीनामा दिएर अग्नि सापकोटालाई सभामुखकका लागि ढोका खोल्नुभएकी शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले मन्त्री पदको पुरस्कार दिएको छ । नेकपाको केन्द्रीय सदस्यमा मनोनित समेत हुनुभएकी शिवमालाई सोमबार कानून न्याय तथा संसदीय मामिला मन्त्री बनाइएको छ ।
उहाँले सोमबार नै पदभार सम्हाल्नसभएको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गर्नुभएको हो ।
नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको थियो । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्