राजनीति

एमसीसीका विषयमा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसी लगायत गठबन्धन दलका बैठकका विषयमा बिहीबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले बताउनुभयो ।

यससँगै आज दिउँसो ३ बजे तय भएको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि साँझ ५ बजेका लागि सरेको उहाँले जानकारी दिनुभयो ।

बुधबारको बसेको प्रतिनिधिसभा बैठकमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता टेबल हुने जनाएपछि यसका विरोधमा बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो ।

एमसीसीका सम्बन्धमा साझा धारणा र सहमति जुटाउन गठबन्धनको बैठक बस्न लागिएको जनाइएको छ । प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच बिहान ८ बजे भेटवर्ता भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.