जन सरोकारस्वास्थ्य

चारसय ३७ जना सङ्क्रमित, दुईको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने थप दुई जनाले ज्यान गुमाएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ९१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सपीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७५ हजार १३२ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ४१२ रहेको छ । पछिल्लो समय थप दुई हजार ४५४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४८ हजार ७८४ पुगेको छ । यो दर ९६ दशमलव ३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

दुईको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९१३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दूई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यस रोगबाट हुने मृत्यु दर १।२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख २४ हजार ८६७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४३५ रहेको छ । अहिले होम आइसोलेशनमा १३ हजार ८२८ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ६०७ आइसीयुमा १४४ र भेन्टिलेटरमा २३ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.