कला/मनोरन्जनविश्व समाचार

‘द ब्लफ’को प्रिमियरमा प्रियङ्का र निकको आकर्षण

भारतीय अभिनेत्री प्रियङ्का चोपडा आफ्ना गायक पति निक जोनसका साथ हलिउडको टीसीएल चाइनिज थिएटरमा चलचित्र ‘द ब्लफ’ को विश्व प्रिमियरमा उपस्थित हुँदा विशेष आकर्षण देखिएको थियो।

फेब्रुअरी १७ मंगलबार आयोजित प्रिमियरमा उपस्थित हुँदा प्रियङ्का आफ्नो समुद्री डाकू (पाइरेट) भूमिकाबाट प्रेरित पहिरन लगाएकी थिइन् भने निक जोनसले उनलाई साथ दिएका थिए।

अमेजन प्राइम भिडियोको ‘द ब्लफ’ १९ औं शताब्दीको क्यारेबियन टापुको पूर्व महिला समुद्री डाकूको कथामा आधारित ऐतिहासिक एक्शन-ड्रामा सो चलचित्रमा प्रियङ्काको मुख्य भूमिका रहेको छ ।

फ्र्याङ्क ई फ्लावरद्वारा निर्देशित यस चलचित्रमा प्रियङ्काका अवाला जोनास, कार्ल अर्बन, इस्माइल क्रुज कोर्डोवा लगायतले अभिनय गरेका छन् । चलचित्र फेब्रुअरी २५ देखि विश्वभर प्रसारण हुँदैछ।

(तस्वीर- एएफपी/रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.