कोरोना संक्रमितका लागि खुसीको खबर- चीनले सफलतापूर्वक परीक्षण गर्यो औषधि

चीनको हुवेई प्रान्तबाट विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व त्रस्त भैरहेका बेला चिनियाँ विशेषज्ञहरुले यसको औषधि पत्ता लगाएको र परीक्षण प्रभावकारी भएको पुष्टि गरेका छन् । चिनीया समाचार संस्था सिन्ह्वाका अनुसार विशेषज्ञहरुले क्लिनिकल परीक्षणको परिणामका आधारमा सो औषधि प्रभावकारी बनेको बताएका हुन् ।
क्लोरोक्विन फास्टेट एन्टीमाइरियल औषधि भएको र यसबाट कोरोना भाइरस रोगीहरुमाथिको उपचार प्रभावकारी भएको छ । विशेषज्ञहरुले पत्रकार सम्मेलनमार्फत सर्वसम्मत्तिले रो औषधि प्रभावकारी भएको जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा विज्ञान र प्रविधि मन्त्रालय अन्तर्गत चीन राष्ट्रिय बायो टेक्नोलोजी बिकास केन्द्रका उप प्रमुख सुन यनराङले विज्ञहरुले औषधिलाई कोरोना संक्रमितको उपचारको गाइडलाइनको अर्को संस्करणमा समावेश गर्र्न र व्यापक क्लिनिकल परीक्षणमा जतिसक्दो चाँडो लागू गर्न सुझाव दिएको छन् ।
चीनमा मंगलबारसम्म १ हजार ८ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ७२ हजार ४ सय ३६ जनाा संक्रमित छन् । चिनियाँ अधिकारीहरूका अनुसार १२,००० भन्दा बढी मानिसहरूलाई निको भएको छ
मंगलबार मात्रै चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका थिए । जसमा ७० हजारभन्दा बढी कोभिड(१९ सङ्क्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको हो।
उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको देखाएको छ । मंगलवार नै वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशकको मृत्यु भएको थियो ।
एक्काउन्न वर्षीय लियो झामिङ उक्त सङ्क्रमणको केन्द्रमा रहेको एउटा प्रमुख अस्पतालका निर्देशक थिए ।कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने उनी हालसम्मका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारी हुन् ।
प्रतिक्रिया राख्नुहोस्