जल/वातावरण
वुहानबाट उद्धार गरी ल्याइएका एक सय ७५ जना नै कोरोना भाइरस मुक्त
यही आइतबार विहान कोरोना संक्रमित चीनको वुहानबाट उद्धार गरिए भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।
वुहानबाट काठमाडौं ल्याइए लगत्तै उनीहरुको नाक र घाँटी र नाकबाट स्याम्पल लिएर गरिएको परीक्षण रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयका सचिव खगराज बरालले जानकारी दिनुभएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार अहिलेसम्म नेपालमा २१० जनाको कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । उनीहरु मध्ये एक जनाको मात्र रिपोर्ट पोजेटिभ आएको थियो तर उनी पनि अहिले स्वस्थ भइसकेका छन् ।