राजनीति

एमसीसी हाम्रो समर्थनले पेश भएको हैन, हामी विपक्षमै छौ

सत्ता गठबन्धनका शक्तिशाली नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु एमसीसीको विपक्षमा रहेको र विवाद र बिरोधकाबीच संसदमा पेश भएको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले फेसबुकमा लेख्नुभएको छ, ‘विवाद र बिरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ ।’

प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको पनि विरोध गर्नुभएको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए ।

तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.