राजनीति

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादीको निर्णय

नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजी गर्ने माओवादीको निर्णय

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादीको पदाधिकारीको बैठकबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले भन्नुभयो, “आजको बैठक राष्ट्रपति चुनावको विषयमा नै केन्द्रित थियो, त्यो विषयमा आगामी राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोजी गर्ने निर्णय भएको छ ।”

उहाँले गणतन्त्र र संविधानको रक्षा गर्दै शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने माओवादीको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका निम्ति सक्दो पहल गर्ने बताउनुभयो । प्रवक्ता महराले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने बैठकले निर्णय गरेकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने हाम्रो स्वार्थ छ, हाम्रो स्वार्थ कोसँग मिल्छ, हेर्दै जानुहोला, त्यो कांग्रेस पनि हुन सक्छ, अरु पनि हुन सक्छ ।”

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.