जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

सिन्धुपाल्चोक, सर्लाही, मकवानपुर र अछाममा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-७ श्यामसाँघुस्थित सडकमा बा.१२ च ४९९१ नम्बरको बोलेरो सडकबाट करिब ७० मिटर तल खोल्सामा खसेर बुधबार दिउँसो दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीया दिल कुमारी प्रधान समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ३ जनाको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचारको लागि पठाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सर्लाही, बरहथवा नगरपालिका-१५ नहरस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा चालक रौतहट गढिमाई नगरपालिका-९ बस्ने ५५ वर्षीय जय लाल सहनी सहित दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनमा घाइते भएका उनीहरूको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ३ जनालाई प्राथमिक अस्पताल गौर, २ जनालाई विरगंज निलकण्ठ अस्पताल र १ जनालाई गरूडा अनामिका अस्पताल तर्फ उपचारको लागि पठाएको छ । यस्तै मकवानपुर, गढी गाउँपालिका-४ ज्वालादेवीस्थित सडकमा ना.२ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ ३६ वर्षीय सुमन घिमिरेको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उता अछाम, चौरपाटी गाउँपालिका-५ लुङ्रास्थित सडकमा से.१ ज ४२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार डोटी पुर्वीचौकी गाउँपालिका-४ बस्ने राजेन्द्र खड्काको १७ महिनाको छोरा इसान खड्काको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य १४ जनाको सोही अस्पताल र चालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.