सरकारी जग्गा अतिक्रमण गर्नेबिरुद्ध सरकार आक्रामक- तीनकुनेमा चल्यो डोजर
मुलुकमा भूमाफियाको शक्ति कति छ भन्ने त प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा नै बेचबिखन भएको दृष्टान्त सार्वजनिक भएपछि अहिले सरकार सरकारी जग्गा हडप्नेहरुबिरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । केही दिन अघि व्यक्तिले हडपेका जग्गामा सरकारी बोर्ड राख्ने काम भयो भने शनिबार तीनकुनेमा अतिक्रमण गरेर बनाईका घर टहरामा डोजर लगाएर भत्काइएको छ ।
समाचार अनुसार काठमाडौं महानगरपालिका ३१ तीनकुनेस्थित जागृतिनगरमा सरकारी जग्गा अतिक्रमण गरेको बनाइएका घर टहरामा प्रदेशसभा सदस्य गणेश दुलाल र वडा नम्बर ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारी नेतृत्वको टोलीले डोजर चलाएर ६ रोपनी २ आना सरकारी जग्गा खाली गराइरहेको हो ।
वडाध्यक्ष भण्डारीका अनुसार सरकारी जग्गा खाली गर्न १५ दिने सूचना जारी गरे पनि अटेर गरेकाले डोजर चलाएर टहरा भत्काइएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पटक पटक सूचना जारी गरेर अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि आज हामीले भत्काएका हौं’ ।
उता टहरामा बसेकाहरुले भने खाली गर्न पर्याप्त सूचना नदिएको गुनासो गरेका छन् । ३५ दिने सूचना दिनुपर्नेमा १५ दिन मात्र दिएर जोडर लगाएको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया राख्नुहोस्