रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्यो
बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ । बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुम पूर्वका छन् ।
दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते समीर कामी सिस्ने ५ का हुन् उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको प्रहरीको भनाइ छ ।
गुमाएकाहरू
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
३. युवा बुढाथोकी (२८ वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
४. दिव्यन बुढाथोकी (१० वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
५. सृजना बुढाथोकी (२४ वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
६. सुदीप बुढाथोकी (१३ वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
७. ओमकुमारी बुढाथोकी (४० वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
८. मीना कामी (६० वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
९. लक्ष्मी शाह (६० वर्ष) सिस्ने–५, टाकुरा, रुकुम पूर्व
१०. रुक्मिणा बस्नेत सिस्ने–५, टाकुरा, रुकुम पूर्व
११. टेकप्रसाद बुढामगर भुमे–५, रुकुम पूर्व
१२. दोरपती जिसी (५४ वर्ष) (दाङको घोराही–१५, रतनपुर)
१३. तिला जिसी (३२ वर्ष) (दाङको घोराही–१५, रतनपुर)
१४. जेनिस जिसी (७ वर्ष) (दाङको घोराही–१५, रतनपुर)
१५. जेनिसा जिसी (१२ वर्ष) (दाङको घोराही–१५, रतनपुर)
१६. एलिना जिसी (२५ वर्ष) (दाङको घोराही–१५, रतनपुर)
१७. संयोग जिसी (७ वर्ष) (दाङको घोराही–१५, रतनपुर)
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक





प्रतिक्रिया राख्नुहोस्