राजनीति

संसद बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच छलफल

आज संसदमा छलफल हुने अमेरिकी सहयोग परियोजना च्यालेन्ज (एमसीसी)बारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सम्पन्न भएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसंग छलफल गर्नुअघि सत्ता साझेदार तीन दलको बैठक बसेको थियो । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल भएको हो ।

नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेताद्वय देव गुरुङ र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच एमसीसीका विषयमा छलफल भएको थियो ।

तीन दलका शीर्ष नेताहहरुको बैठकमा मत विभाजनमा जाँदा के गर्ने भन्नेबारे छलफल भएको हो । सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको जानकारी दिनुभयो । तर उहाँहरुबीच के छलफल भयो त्यो बाहिर आएको छैन ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.