एन आर एन न्युज

एनआरएनए यूकेले माग सनुवाई नभएसम्म ५६ हजार डलर नपठाउने

झण्डै दुई लाख नेपालीहरु रहेको बेलायतस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आफ्ना सरोकारका विषयहरुमा सनुवाई नभएसम्म केन्द्रमा पठाउनुपर्ने ५६ हजार डलर नपठाउने चेतावनी दिएको छ ।

युकेले संघका अन्तर्राष्ट्रिय परिषद अध्यक्ष कुमार पन्तलाई एक पत्र पठाउदै युकेका तर्फबाट केन्द्रमा पठाउनु पर्ने सदस्यता शुल्कका सम्बन्धमा आफ्ना सरोकारका विषयहरु सम्बोधन गर्न आग्रह गर्दै सो कुरा बताएको हो ।

पत्रमा गैरआवासीय नेपाली संघ यूके संघको अन्तराष्ट्रिय समन्वय परिषदसंग सहकार्य गर्न र विधानले दिएको अधिकार कर्तव्यको पालना गर्न प्रतिबद्ध भएको जानकारी गराइएको छ । त्यस्तै पत्रमा सदस्यता शुल्क भुक्तानीका लागि राष्ट्रिय समन्वय परिषद यूकेका सरोकारका विषयहरुको समयमै सुनुवाई होस भन्ने आग्रह पनि गरिएको छ ।

पत्रमा गैरआवासीय नेपाली संघ यूकेका सदस्यहरुको तर्फबाट संघको दशौं महाधिवेशन तथा निर्वाचनमा निर्वाधरुपमा भाग लिन पाउनु पर्ने स्प्ष्ट गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट पठाइएका प्रतिनिधिका सम्बन्धमा आईसीसीको सचिवालयले बेलाबेलामा अपनाउँदै आएको रवैयाप्रति अस्न्तुष्टि जनाइएको छ ।

पत्रमा राष्ट्रिय समन्वय परिषद यूकेका तर्फबाट हुने प्रतिनिधित्व सम्बन्धमा अन्तराष्ट्रिय समन्वय परिषदको सचिवालय तथा पदाधिकारी लगायतबाट फरक फरक धारणा सार्वजनिक हुँदा हाम्रो वैधानिक प्रतिनिधित्वका सम्बन्धमा आश्वस्त हुन नसकेको बताइएको छ ।

त्यस्तै पत्रमा हामी राष्ट्रिय समन्वय परिषद यूकेको वर्तमान कार्यसमितिले प्रमाणित गरेर पठाएका सम्पूर्ण प्रतिनिधिहरुले महाधिवेशन तथा निर्वाचनमा भाग लिन पाउने कुराको पूर्ण सुनिश्चितता चाहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.