जन सरोकार

नक्कली नोटसहित तीन भारतीय पक्राउ

बिराटनगरमा नक्कली भारतीय नोटसहित तीन जना पक्राउ परेका छन् । समाचार अनुसार पक्राउ पर्ने तीनैजना भारतीय नागरिक रहेका छन् ।

पक्राउ

प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार बिराटनगर महानगरपालिका–१३ बाट भारतीय १०० दरको ४८ थान नक्कली नोटसहित भारत बिहार पुर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता, मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दनकुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम पक्राउ परेका छन् ।

निजहरु सवार टेम्पोबाट विराटनगर–१३ नहर चोकमा सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा उक्त नक्कली नोट बरामद गरेको हो । निजहरुलाई नक्कली नोटसहित इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.