राजनीति

"मेरो त्याग, संघर्ष र बलिदानी नदेख्ने, एउटा सुट लगाएको मात्रै देख्ने ?"

राजनीतिमा एकले अर्कोलाई सिध्याउने नाममा बोल्न हुने नहुने सबै बोल्छन् । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रचण्डनेपाल समूहका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेका आरोपहरुको भावुक ढंगले खण्डन गर्नुभएको छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि ऋषि धमलासंगको कुराकानीमा अध्यक्ष प्रचण्डले जनयुद्धदेखि यहाँसम्म आइपुग्दा आफूले एकपैसा जम्मा नगरेको र कसैले त्यस्तो पुष्टि गर्छ भने जस्तोसुकै सजायँ भोग्न तयार रहेको बताउनुभयो ।

जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आउँदै अहिलेसम्मको अवधिमा प्रचण्डले पैसा कमायो, विलासी जीवन बितायो, जनयुद्धा घाइते लगायतको वास्ता गरेन भन्ने आरोप छ भन्ने प्रश्नको उत्तरमा उहाँले भन्नुभयो- “मेरो संघर्ष, त्याग र योगदानको कुनै मूल्यांकन नगरी मैले लगाएको सुटलाई हेर्ने ? भन्दै हजारौं शहीदको रगतको भारी आफ्नो टाउकोमा रहेकाले त्यसलाई कसै गरी बिर्सन नसक्ने बताउनुभयो ।”

आफूलाई विलासी भयो भन्नेहरुलाई उत्तर दिंदै प्रचण्डले भन्नुभयो- “संघर्षकै क्रममा छोरीको मृत्यु भयो, शान्ति प्रक्रियामा आइसकेपछि छोराको मृत्यु भयो । राम्रो उपचार नपाएर छोरी गुमाएँ । छोरो बचाउने प्रयास गरिएको हो तर सकिएन । उसलाई पहिलेदेखि नै रोग लागिसकेको रहेछ । जनयुद्धमा परिवार नै होमियौं । अहिले मेरी श्रीमतीको हालत दुनियाँले देखेका छन् । म यस्तो बेलामा विलासी जीवन बिताइरहेको छु भनेर कसरी भन्न सकेको” ?

गला अबरुद्ध पार्दै अध्यक्ष प्रचण्डले प्रकाशको निधनपछि दुबई गएको बेला त्यहाँ उसको नाममा २१ अर्ब रुपैयाँ रहेको र त्यो मिलाउन गएको भनेर लामै समयसम्म प्रचार गरे । म चुनौति दिन्छु कसैले त्यो पैसा प्रमाणित गरिदिओस् । एउटा गरीब किसानको छोरो यहाँसम्म आइपुगेको केही तप्कालाई मन परेको छैन । यसैले दुष्प्रचार गरिरहेका छन् । मप्रति मानवता समेत प्रदर्शन गर्न चाहँदैनन् ।

सांसदको हैसियतमा एभरेष्ट बैंकमा जम्मा हुने तलब बाहेक केही नभएको र त्यो तलब आवश्यक परेको बेलामा झिक्नेन गरेको र केहीकेही रकम बाँकी रहेको बताउँदै अन्त कहीं कतै पैसा नभएको उहाँले स्पष्ट पार्नुभयो ।

साक्षात्कारका क्रममा प्रचण्डले भारतसंग राम्रो सम्बन्ध बनाउन सकेन भन्नेन आरोप छ नि भन्ने प्रश्नमाा उहाँले भन्नुभयो, आफू विगत केही वर्षयता भारतंग सुमधुर, समानता र आपसी सहयोगमा आधारित सम्बन्ध हुनुपर्छ भन्ने मान्यतामा रहेको बताउँदै भारतीय नेता मात्र हैन भारतका जनताले पनि आफूलाई निकै माया गर्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा संसदमा युद्धबाट बुद्ध दिएको देश, शान्तिमा गएको देश भनेर भन्नुभयो, युद्धबाट बुद्धमा गएको भनेर मलाई नै भनेको हो । संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय रहेको भन्नुभयो, दिल्लीको लालकिल्लाबाट त्यस्तै कुरा बोल्नुभयो । यसैबाट पुष्टि हुन्छ भारतीय प्रधानमन्त्री र मेरो सम्बन्ध कस्तो छ भनेर ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.