विश्व समाचार

रुस-युक्रेन लडाइँ जारी, वार्ता गर्न युक्रेनका राष्ट्रपति इच्छुक

रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् । रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताउनु भएको छ ।

“रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,“ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताउनु भएको छ । “युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन्।“ उहाँले थप जानकारी दिनु भएको छ ।

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गर्नुभएको थियो । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नु भएको थियो ।

शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।

यसबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ ।

तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताउनु भएको छ । मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताउनु भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.