आइसीसी विश्वकप लिग-२ को यूएई सिरिजको पहिलो खेलमा नेपाल र पपुवा न्यु गिनी(पीएनजी) भिड्दै छन् । आज (सोमबार) बाट यूएईमा सुरु हुने सिरिजमा नेपालले पहिलो खेल पीएनजीविरुद्ध खेल्न लागेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ मा सुरु हुँदैछ । पीएनजीमा हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको हो । सिरिजमा नेपाल, पीएनजी र युएईको सहभागिता रहेको छ ।
आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल फागुन १८ मा युएईसँग, फागुन १९ मा पपुवा न्युगिनीसँग र चौथों तथा अन्तिम खेल अन्तिम खेल यूएईसँग फागुन २२ गते खेल्नेछ ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकसहित छैटौं स्थानमा छ । पीएनजी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।




प्रतिक्रिया राख्नुहोस्