प्रचण्डलाई जुत्ता हान्ने रतन भन्छन्- "प्रचण्डले वर्ग संघर्षको कुरा गरेको चित्तै बुझेन"
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षा तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका २२ वर्षीया रतन तिरुवा पूर्व माओवादी कार्यकर्ताका छोरा रहेको खुलेको छ । उनले प्रचण्डले वर्ग संघर्षको कुरा गरेको पटक्कै चित्त नबुझेर जुत्ता प्रहार गरेको बताएका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रहेका तिरुवाले प्रहरीसंगको बयानमा भनेका छन् ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ । उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो । पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन । मलाई चित्त बुझेन अनि जुत्ता हानेको हुँ ।’
जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय रतनका बुवा मोहन तिरुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए । उनले नेपालगञ्जमा अमिन पढेका थिए । पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए ।
आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए । जुत्ता प्रचण्डलाई भने लागेको थिएन