राजनीति

भारतीय प्रमद्वारा प्रम ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले सोमबार ट्वीटमार्फत गर्नुभएको छ ।

worldondemand
mirai-life

भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उहाँले गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पनि प्रत्युत्तरमा ट्वीट गर्दै आफ्ना भारतीय समकक्षीप्रति आभार प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीका हार्दिकता र चिन्तनशीलतामा आफूहरूबीचको सन्निकट मैत्री प्रतिविम्बन भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

सम्बन्धित खबर

Back to top button