जन सरोकार

अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ परेका छन् । रूपन्देही, कोटहीमाई गाउँपालिका-५ देवनवक्सपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध

पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका-५ मझगाँवा बस्ने १९ वर्षीय सतिस कुमार ठाकुर र मायादेवी गाउँपालिका-३ कमरिया बस्ने २३ वर्षीय माहाविर यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले लु.१३ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, क्रेज्याक ७५ एम्पुल, एबोट ७५ एम्पुल र बुप्रेमोर्फिन ५० एम्पुलसहित स्याङ्जा फेदीखोला गाउँपालिका-४ आरूखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.