जन सरोकार

चैत्र ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न सरकारको निर्देशन

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला नेपाल पनि उच्च जोखिममा रहेको स्थितिमा सरकारले विद्यालयहरुको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गर्न आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रालयमा विद्यालय सञ्चालकका प्रतिनिधिलाई आमन्त्रण गरी सो आग्रह गरिएको र त्यहीअनुसार प्रबन्ध हुने जनाउनुभयो ।

विद्यालयहरुले यसअघि कक्षा ९ सम्मको वार्षिक परीक्षा चैत १३ गतेपछि गर्ने गरी तयारी गरेका थिए । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) भने चैत ६ गतेदेखि सञ्चालन हुने तय भइसकेको छ ।

बैठकमा सहभागी राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा उत्पन्न स्वास्थ्य सङ्कटलाई ध्यान दिएर सरकार र आफूहरुले चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गराउने तयारी गरेको बताउनुभयो ।

उहाँले सबै स्थानीय तहमा एकै सातामा वार्षिक परीक्षा सम्पन्न गराउन आगामी शैक्षिक सत्रमा पनि प्रबन्ध गर्नुपर्ने पनि बताउनुभयो ।

मन्त्रालयले यसअघि विभिन्न मुलुकका लागि विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने नो अब्जेक्सज लेटर हालका लागि रोक्काको निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.