जापान

विद्युतीय राहदानीबारे भर्चुअल अन्तरक्रिया हुँदै

राजधानी टोकियास्थित नेपाली दूताबासले विद्युतीय राहदानी (इ पासपोर्ट)का विषयमा यही मार्च ६ तारिखका दिन भर्चुअल अन्तरक्रिया गर्ने भएको छ । दूताबासले फागुन १३ गतेदेखि नै राहदानी वितरणको प्रक्रिया सुरु गरिसकेको ।

समाचार जानकारी अनुसार नेपाल सरकारले नोभेम्बर १५, २०२१ देखि विद्युतीय राहदानी जाी गन सुरु गरेकाले विद्युतीय राहदानी बनाउँदा आइपर्ने विभिन्न समस्याहरु न्यूनीकरणका लागि आवश्यक सुझाव लिन मार्च ६ तारिख आइतबार भर्चुअल अन्तरक्रिया आयोजना गरिएको हो ।

अन्तरक्रिया दिउँसो २ः१५ देखि ४ बजेसम्म हुने र कार्यक्रममा राहदानी विभागका इपासपोर्ट विज्ञबाट यसबारे सामान्य जानकारी सहित आवश्यक प्रक्रियाहरुका बारेमा प्रकाश पारिनेछ ।

दूताबासका कार्यवाहक राजदूत अम्बिकाप्रसाद जोशीले यस अन्तरक्रियामा सहभागी हुन चाहने जापानबासी नेपालीहरुलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button